हिमाल र पर्वतीय क्षेत्रको बजारीकरण गरौँ -पूर्वअर्थमन्त्री शर्मा

हिमाल र पर्वतीय क्षेत्रको बजारीकरण गरौँ -पूर्वअर्थमन्त्री शर्मा

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले हिमाल हाम्रो गौरवपूर्ण सम्पत्ति भएकाले यसकोे संरक्षणसहित सौन्दर्य कायम कसरी गर्ने भन्ने आजको चुनौती रहेको बताएका छन् ।

राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि पूर्वमन्त्री शर्माले हिमाल र पर्वतीय क्षेत्रलाई बजारीकरण गर्न सके मुलुकको आर्थिक क्षेत्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शर्माले भने, “हामीसँग अथाह प्राकृतिक साधनस्रोत छ । हिमाल हाम्रा गौरव हुन्, यो देशको पुँजी पनि हो । प्राकृतिक रुपमा मनमोहक दृश्यहरु पनि छन् । तथापि जलवायु सङ्कटले विश्वव्यापी समस्या खडा भएको छ ।”

उनले भने, “प्रदर्शनीमा जलवायु सङ्कट र प्राकृतिक सौन्दर्य, संस्कृतिसँग सम्बन्धित अत्यन्त दुर्लभ र महत्वपूर्ण तस्बिर छन् । प्रदर्शनीले धेरै क्षेत्रलाई एक ठाउँमा प्रस्तुत गर्न सफल भएको छ ।”

Logo