इन्टर मिलान मोन्टेरीसँग रोकियो, रामोसको गोल

इन्टर मिलान मोन्टेरीसँग रोकियो, रामोसको गोल

केन्द्रबिन्दु
141
Shares

काठमाडौं । च्याम्पियन्स लिगको उपविजेता इटालियन क्लब इन्टर मिलान मेक्सिन क्लब मोन्टेरीसँग बराबरीमै रोकिएको छ ।

फिफा क्लब विश्वकपको समूह चरणमा भर्खरै सम्पन्न भएको खेलमा इन्टर मोन्टेरीसँग १-१ गोलको बराबरीमा रोकिएको हो । मोन्टेरीका लागि सर्जियो रामोसले २५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, ४२औँ मिनेटमा इन्टरका लौटारो मार्टिनेजले गोल फर्काउँदै खेललाई बराबरीको स्थितिमा ल्याए।

पछि थप गोल हुन नसक्दा एकएक अंक बाँडे ।

Logo