तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठनको प्रारम्भ भएको थियो । गएको असोज १७ गते दुई पार्टीबीच भएको गठबन्धनसँगै एकीकरणको वातावरण भएको थियो ।
दुई कम्युनिस्ट पार्टीबीचको गठबन्धनलेएक वर्षको बीचमा नेपाली राजनीतिमा नयाँ आयाम आएको छ । गठबन्धनले केन्द्रसहित ७ मध्ये ६ प्रदेशमा बहुमतको सरकार बनाएको छ । गठबन्धन भएको ८ महिनापछि गएको जेठ ३ गते पार्टी एकीकरण भएको छ । नेपालमा पहिलोपटक बलियो कम्युनिस्ट पार्टीको उदय भएको छ ।
नेकपाकै नेतृत्वमा दुई तिहाईको बलियो सरकार छ । नयाँ संविधान अनुसार सरकार गठन भए पछि विकास र समृद्धिको आशा पलाएको छ । तर, सरकार गठनको प्रारम्भिक ६ महिनाको सुरुवाती काम भने सन्तोषजनक छैन ।
फरक–फरक पृष्ठभूमिबाट आएका वामपन्थी पार्टीबीचको एकीकरणले कतिपय नेताहरुले लाभ लिएका छन् । सांसद, मन्त्रीमात्रै होइन तल्ला स्थानीय तहसम्मका दुवै पार्टीका नेता कार्यकर्तालाई एकीकरणले राहत दिएको छ । तीमध्ये एकीकरणको लाभ केही नेताहरुले राम्ररी लिएका छन् ।





























प्रतिक्रिया