तीन बर्षदेखि क्रियाशील ‘जुनकिरी अवीश्रान्त उज्यालो’ ले संखुवासभामा पुस्तकालय स्थापना गरेको छ । संखुवासभास्थित खादबारी सामुदायिक तथा गुठीद्वारा संचालित बरुण सेकेन्डरी स्कुलमा जुनकीरीले पुस्तकालय बनाईएको हो ।
संस्थाका अध्यक्ष प्रशान्त शर्मा अनुसार, ‘काठमाडौंमा केन्द्रीत नभएर उपत्यका बाहिर पनि काम गर्ने सोचले शिक्षाको बिकाशका लागी पुस्तकालय निमार्ण गरेको हो।’ उक्त बिद्यालयमा अध्ययन गर्नेहरुलाई पुस्तकको अभाव भईरहने भएकाले पनि जुनकीरीको यो कदमले ठुलो सहयोग हुने आशा छ ।’
पुस्तकालय उद्घाटन जिशिअ केसब भट्टराई, बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष महेश थपलिया तथा बिद्यालय ब्यबस्थापक रुद्र नाथ दाहालद्वारा सामुहिक रुपमा भएको छ । पुस्तकालय निमार्णमा १० लाख बराबरको लागत लागेको संस्थाले बताएको छ । बिद्यालयका लागि काठमाडौंबाट २ हजार ५ सय पुस्तक लगिएको थियो ।





























प्रतिक्रिया