थाहा नगरपालिकाको बज्रवाराही (टिष्टुङ) मा संचालन हुने प्रथम टिष्टुङ महोत्सव २०७५ को तयारी स्वरुप बजार सिंगारिएको छ । महोत्सवको लागि स्वागत द्वारहरुको निर्माण सहित बजार अहिले सिंगारिएको छ ।
यहि असोज २४ देखि २७ गतेसम्म टिष्टुङको सरस्वतीबजारमा संचालनहुने महोत्सवकालागितोरण तथाध्वजापतकाले सिंगारिएको हो । महोत्सव स्थलप्रवेश गर्ने मुख्य मुख्य द्वारहरुमा स्थानीय प्रविधिबाट बाँसको गेट निर्माण गरिएको महोत्सवको गेट निर्माण उप समितिका संयोजक मनहरी भट्टले जानकारी दिए । महोत्सव क्षेत्रमा प्रवेश गर्ने विभिन्न ठाउँमा ५ वटा मुख्यप्रवेश द्वार निर्माण गरिने महोत्सव सचिवालय सदस्यप्रमोद जोशीले जानकारी दिए ।
महोत्सवको प्रदेश–३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समारोह समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । महोत्सव २४ असोज विहान थाहा–६ को वडा कार्यालय प्राङ्गणमा उद्घाटन गरिने श्रेष्ठले जानकारी दिए ।
४ दिनसम्म संचालनहुने महोत्सवमा स्थानीय उत्पादनहरु प्रदर्शन गरिनुका साथै राष्टिय कलाकारहरुबाट सांगेतिक प्रस्तुती प्रस्तुत गरिने छ ।





























प्रतिक्रिया