काठमाडौं । नेपाल सरकारले पुल सुधार तथा मर्मतका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट प्राप्त हुने ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका हुन् ।
यस्तै बैठकले दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रूपियाँ अनुदान सहायता स्वीकार गरेको पनि उनले जानकारी दिए ।
यस्ता छन्, मन्त्रिपरिषद् बैठकको बाँकी निर्णयहरू
१.पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
२.दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रूपियाँ अनुदान सहायता स्वीकार गर्ने।
३. विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि उपलब्ध हुने करिब २९ अर्ब ७२ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
४.वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, ्र हेटौडा इजलासका माननीय न्यायाधीश डा। श्री शान्ता सेढाई सापकोटालाई तोक्ने ।
५.सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव श्री पाराश्वर ढुङ्गानालाई कानून, न्याय
तथा संसदीय मामिला मन्त्रालयको सचिव पदमा सरुवा गर्ने ।
६.सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने ।
७. २०८२ असार १६ गतेदेखि २१ गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
८.नेपाल सरकारको नाममा दर्ता रहेको १० रोपनी जग्गा १५ शय्याको सहकारी तथा गरिबी ्र अस्पताल निर्माण गर्न आँबुखैरेनी गाउँपालिका, तनहुँलाई प्रयोग गर्न दिन
९.जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चितवनलाई २ विघा, १३ कट्ठा १५ धुर सार्वजनिक प्रकृतिको जग्गा १०० शय्याको आयुर्वेद अस्पताल निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिने ।
१०. भौतिक पूर्वाधार तथा २०८२ असार १३ गतेदेखि १५ गतेसम्म टर्कीमा आयोजना हुने
११. भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
१२.युवा तथा खेलकुद २०८२ असार ३ गतेदेखि ४ गतेसम्म दुबईमा आयोजना हुने बिषयक कार्यक्रममा सहभागी हुन युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीलाई स्वीकृति प्रदान गर्ने ।
१३. २०८२ असार ९ र १० गते भारतको पुणेमा आयोजना हुने नेपाल÷भारत द्विपक्षीय परामर्श समूहको सोह्रौं बैठकमा नेपालका तर्फबाट सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
१४. वन तथा वातावरण मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए) लाई ४०० के. भी. डवलसर्किट विद्युत प्रसारणलाईन आयोजना निर्माणको लागि नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिका, रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकामा रहेको राष्ट्रिय वनको ४३.६६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।





























प्रतिक्रिया