विद्यालय भवन बनाउन बहत्तर लाख सहयोग

विद्यालय भवन बनाउन बहत्तर लाख सहयोग

केन्द्रबिन्दु
0
Shares

अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित ज्ञानप्रकाश माविको भवन निर्माणमा पूर्वगोर्खा सैनिकले सघाएका छन् । 

बेलायती पूर्वगोर्खा सैनिकको पहलमा स्थापित पहार कोषले उपलब्ध गराएको रु ७२ लाख ११ हजार २१७ र विद्यालयको रु २५ लाख १० हजार ६६ गरी कूल रु ९७ लाख २१ हजार ३०४ को लगानीमा दुई तले आठ कोठे पक्की भवनको निर्माण ८५ प्रतिशत सकिएको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले जानकारी दिए । 

भवन निर्माणका लागि सहयोग जुटाउन बेलायतको गोर्खा सैनिकका सेवा निवृत दानावासीले पहल गरेका थिए । कक्षा ११ र १२ को पठनपाठन सञ्चालनका लागि उक्त भवन प्रयोगमा ल्याइने प्रअ शान्तबहादुर नेपालीले बताए । उक्त विद्यालयमा ३३६ विद्यार्थी अध्ययनरत छन् । 

यसअघि सरकारी निकाय र समुदायको सहयोगमा आठ कोठे र सात कोठे दुई भवन, नौ कोठे छात्रावास भवन, खेलमैदान र प्रवेशद्वार पनि निर्माण गरिएको थियो  ।विद्यालयको ‘शिक्षा विकास अध्यक्षकोष’मा दाना घर भई हाल बेलायतमा बस्ने फ्रेण्डली ब्रर्दश दाना सेरेफेरो युकेले दुई वर्षअघि रु एक करोड १५ लाख उपलब्ध गराएको थियो ।

Skip This
Skip This
Logo