काठमाडाैं । हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको आयाेजनामा इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएकाे छ ।
असार ८ गतेदेखि १३ गतेसम्म इटहरीको पूर्वलाईन बजाज शाेरुमसँगैको ठाउँमा हुने मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक फाइनान्स गर्न सक्नेछन् ।
शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।
एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आउने छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँ सम्मको बोनस भ्यालुएसन ग्राहकहरुले पाउने कम्पनीकाे भनाइ छ ।
साथै, ग्राहकहरुले आगामी आब २०८२/८३ को वार्षिक कर पनि मेलामा किन्ने मोटरसाइकलमा प्राप्त गर्न सक्नेछन् ।





























प्रतिक्रिया