काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच मंगलबार साँझ बालुवाटारमा डेढ घण्टा छलफल भएको छ। नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न भण्डारी मंगलबार साँझ ६ बजेतिर बालुवाटार पुगेकी थिइन्। उनीहरूबिच करिब डेढ घण्टा कुराकानी भएको हो ।
नेकपा एमालेमा लामो समयदेखिको उकुसमुकुस छचल्किएर यो साता सतहमा देखिन थालेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा सचिवालयकै नेताहरू उत्रिएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र भण्डारीको भेट अर्थपूर्ण रूपमा हेरिएको छ ।
ओली र भण्डारीबीच भेटघाट कार्यकर्ता बिचको फाटो रोक्ने प्रयत्न मात्र रहेको जानकारहरूले बताएका छन् । ओली भण्डारीलाई पार्टीमा आउन रोक्न चाहन्छन्, तर भण्डारी पार्टी राजनीतिमा फर्कने अन्तिम तयारीमा छिन् । अहिलेको भेटघाट कार्यकर्ता लेभलमा पुग्न लागेको विवाद मथर गर्ने र छलफलबाट केही निकास निकाल्न सकिन्छ कि भन्ने प्रयास स्वरूप रहेको भण्डारी पक्षीय नेता बत्ताउँछन् ।
पूर्वराष्ट्रपति भण्डारी धमाधम एमालेका कार्यक्रममा देखिन थालेकी छन् र केन्द्रदेखि जिल्ला तहसम्मका नेताहरूबिच ध्रुवीकरण सुरु भएको देखिनछ । ०७९ फागुन २९ गते राष्ट्रपतिको दुई कार्यकाल पूरा गरी बिदा भएपछि उनी एमालेका सार्वजनिक मञ्चमा खासै देखिएकी थिइन् । उनी चपलीमा आफ्नै घरमा भने वडा तह सम्मका एमाले नेता कार्यकर्तासंग भेटघाट गर्ने गरेकी छन् । उनले एमालेका केन्द्रीयदेखि प्रदेशस्तरीय नेतासँग सबै सँग एक चरण भेटघाट गरिन्। भेटघाटका सन्दर्भमा पार्टीको अवस्था, कार्यकर्ताहरूको मनोदशाबारे उनले चासो राखेको एमालेका नेताहरूले बताएका छन्।
गण्डकी, लुम्बिनी र कोशी प्रदेशको भ्रमणको पनि राजनीतिक भेटवार्तामा समय बिताएकी छन् । भण्डारीले जहाँ पुगे पनि आफ्ना पुराना सहकर्मीदेखि पार्टीका नेताहरूसँग छलफल गर्ने र एकीकृत समाजवादीका नेताहरूलाई समेत भेट्ने गरेकी छन् ।
२०८० साल वैशाखमा पुन एमालेको सदस्यता नवीकरण गरेकी भण्डारीले आफू राजनीतिमा आउने सङ्केत केही समय अघिबाटै प्रकट गर्दै आएकी छन् । राष्ट्रपतिको कार्यकाल सकिएपछिको नेकपा एमालेका सचिव रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्ण थापा, सांसद देवी भट्टचन, एमाले नेताहरू गोमा देवकोटा, भेषराज अधिकारी र पत्रकार महासङ्घका पूर्व अध्यक्ष महेन्द्र विष्टसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भण्डारी चीन जान पुगिन् । दस दिन चीन भण्डारी उच्च महत्त्व दियो भने भण्डारी पूर्व राष्ट्रपति भन्दा पनि एमाले नेताकै रूपमा प्रस्तुत भएकी थिइन् ।
एमालेको सक्रिय राजनीतिमा आउने चाहेकी भण्डारीले अव अध्यक्ष भन्दा तल रहने कुनै सम्भावना नरहेको र ओलीजीको सामान्य कार्यकर्ता भएर बस्न मात्र त पूर्व राष्ट्रपति किन सक्रिय पार्टी राजनीतिमा फर्किन लागेको होइन उनी पक्षीय एक एमाले नेताले बताए ।
चितवनमा भएको १० औ महाधिवेशनमा ओलीका प्रतिस्पर्धीका रूपमा देखिएका भीम रावललाई गएको पुसमै एमालेले पार्टीबाट निस्कासित गरिसकेको छ। माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल पहिले नै पार्टीबाट बाहिरिइसकेका छन्। पार्टीमा रहेका हरू सबै उपाध्यक्ष र महासचिव ओली रहेसम्म नेतृत्वको दाबी गर्ने हिम्मत नगरे सँगै ओलीलाई अब विद्यादेवी भण्डारीको डर भने थपिएको छ ।
एमाले अध्यक्ष ओली पूर्वनिर्धारित समय भन्दा अगाडि नै महाधिवेशन गर्ने मुडमा छन् सोही अनुरुप त्यसको प्रारूप नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकिएको बाट पनि बुझन सकिन्छ ।
२०८२ भदौ २०,२१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा गने निर्णय गरेको छ । हो । विधान महाधिवेशन गरेको छ महिनाभित्र महाधिवेशन गर्नुपर्ने प्रावधान छ ।
विधान महाधिवेशनको पूर्व सन्ध्यामा यी दुई व्यवस्थाबारे सार्वजनिक बहस पनि एमाले पार्टीभित्र सुरु भएको छ । विधान महाधिवेशनमा अध्यक्ष ओली पूर्वराष्ट्रपति भण्डारीलाई वैधानिक रूपमै रोक्ने तयारीमा छन् भने भण्डारीपक्ष पार्टी सचिवालयले निलम्बन गरेको उमेर हद र कार्यकालसम्बन्धी प्रावधान राखेरै विधान पारित गराउने पक्षमा छन् । अध्यक्ष ओली पक्ष एमाले विधानमै राष्ट्रपति, उपराष्ट्रपतिजस्ता साझा र सर्वोच्च पदमा पुगिसकेका व्यक्ति पार्टीमा नेतृत्वमा फर्किन नपाउने व्यवस्था राख्न चाहन्छ ।





























प्रतिक्रिया