काठमाडौं । नेपाल प्रहरीमा जागिर गर्न खोज्ने युवाहरूका लागि अवसर आएको छ । प्रहरी जवान पदमा अब १ हजार ८४२ जनाको नया भर्तीका लागि खुला गरिएको हो ।
मानवस्रोत विकास विभाग, प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएको १ हजार १६५ पदमा ६७७ पद थपिएको जानकारी दिएको हो । यस अनुसार थप उम्मेदवारलाई प्रहरी सेवामा प्रवेशको बाटो खुलेको छ । थप गरिएको पद संख्या सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भएको पनि सूचनामा उल्लेख गरिएको छ ।
वर्गीकृत विवरण यसप्रकार छ-
खुला प्रतिस्पर्धाः ९९३ जना
आदिवासी/जनजातिः २६० जना
मधेसीः २२८ जना
महिलाः १६२ जना
दलितः १२२ जना
पिछडिएको क्षेत्रः ४० जना
अमर अशक्त प्रहरी परिवारः ३७ जना
नयाँ पद संख्या थपेसँगै धेरै युवाहरूका लागि सरकारी सेवामा प्रवेश गर्ने अवसर थपिएको छ । इच्छुक उम्मेदवारहरूले समयमै आवेदन दिई प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् ।





























प्रतिक्रिया