संसदमा रास्वपा र राप्रपाको विरोध, कार्यसूचीबाट हट्यो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

संसदमा रास्वपा र राप्रपाको विरोध, कार्यसूचीबाट हट्यो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि संसद बैठकमा अवरोध जनाएको छ । सभामुख देवराज घिमिरेले आजको कार्यसूची अघि बढाएसँगै रास्वपा र राप्रपाका सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् ।

अवरोधका कारण प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट पनि हटाइएको छ । शुक्रबार रास्वपाका सांसदहरू विरोधस्वरूप कालो पोसाकमा निलो रिबन लगाएर संसद् बैठकमा पुगेका थिए । रास्वपाले संसद् अवरोधलाई निरन्तरता दिएपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका हुन् ।

संसद बहिष्कार गरेका सांसदहरुले संसद भवन परिसरमा बसेका थिए । ‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौं तर उहाँले त्यो कुरा सुन्न चाहनुभएन। बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो। तसर्थ हामीले, आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं,’ रास्वपा सांसदहरुले भनेका छन् ।

Skip This
Skip This
Logo