बीपी राजमार्गमा आगामी १५ दिन रातिको समयमा यात्रुवाहक सवारी चलाउन रोक

बीपी राजमार्गमा आगामी १५ दिन रातिको समयमा यात्रुवाहक सवारी चलाउन रोक

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । बीपी राजमार्गमा आगामी १५ दिनका लागि रातिको समयमा यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ ।

शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म रोक लगाउने निर्णय भएको हो ।

अब काठमाडौंबाट जाने सवारी काभ्रे भञ्ज्याङमा र काठमाडौं तर्फजानेलाई सिन्धुलीको खुर्कोटमा रोकिनेछ ।

Logo