काठमाडाैं । बार्सिलोनाका युवास्टार लामिन यमल ब्राजिलको भ्रमण गरेका छन् । उनले आफ्ना सबैभन्दा ठूला फुटबल आइडल नेयमार जुनियरसँग भेटघाट गरेका हुन्। उनीहरूका केही फुर्सदका पलहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।
नेयमारले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यामल रियो दि जेनेरियोको समुद्र किनारमा फुटभली खेलिरहेको फोटो पोस्ट गरेका थिए । केही समयपछि बार्सिलोनाका खेलाडीले पनि उक्त पोस्ट सेयर गर्दै आफूहरू केही दिनको बिदा सँगै बिताइरहेको पुष्टि गरेका छन्। उनीहरूको सम्बन्ध मैदानभन्दा बाहिर पनि गहिरो छ, लामिन नेयमारप्रति आफ्नो प्रशंसा व्यक्त गरिरहेका हुन्छन् र उनको शैलीको नक्कल समेत गर्ने गरेका छन् ।
१७ वर्षीय यी युवा खेलाडीले स्पेनलाई नेसन्स लिगको फाइनलमा पुर्याउन सहयोग गरेका थिए, जहाँ उनीहरू पोर्चुगलसँग पराजित भएका थिए। त्यसपछि उनलाई मोडल फाती भास्क्वेजसँग समय बिताउँदै गरेको देखिएको थियो। ती तस्बिरहरूले उनीहरूबीच रोमान्सको हल्ला फैलाए पनि भास्क्वेजले उक्त अड्कलबाजीलाई पूर्ण रूपमा अस्वीकार गर्दै कानुनी कारबाही गर्ने धम्की दिएकी छिन्।





























प्रतिक्रिया