सिङ्गापुरले नेपाललाई दियाे १३९ रनकाे लक्ष्य, विपिनकाे हातमा ४ विकेट

सिङ्गापुरले नेपाललाई दियाे १३९ रनकाे लक्ष्य, विपिनकाे हातमा ४ विकेट

केन्द्रबिन्दु
249
Shares

काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सिङ्गापुरले नेपाललाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको युकेएम ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको सिङ्गापुरले ३६.१ ओभरमा अलआउट हुँदै १३८ रन जोडेको हो । सिङ्गापुरका लागि सिंगापुरका लागि कप्तान रियान नाइकले सर्वाधिक ५३ रन बनाए भने अहान वूथन्दामले ३८ रनको योगदान दिए ।

नेपालका बलरहरूले कसिलो बलिङ गर्दै सिंगापुरका ब्याट्सम्यानहरूलाई खुलेर खेल्न दिएनन्। नेपालका लागि विपिन प्रसाद शर्माले १० ओभरमा मात्र ३४ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए । त्यस्तै, सचिन भट्टले ६.१ ओभरमा १८ रन दिएर ३ विकेट हात पारे भने शुभम् खनालले र अभय यादवकाे हातमा एकएक १ विकेट रह्याे ।

एसियाली क्रिकेट परिषद् ९एसिसी०को वार्षिक कार्यतालिकाअनुसार उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ । नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन् । त्यस्तै समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् ।

Logo