काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृह खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरेकाे छ ।
१० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो कायम गर्दै आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापासहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे हाे ।
यो प्रकरणमा सदस्य सचिव थापा, तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सीताराम रिसेल, सिभिल इन्जिनियरहरु पशुपति ठाकुर, डेबिड उप्रेती र रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, इन्जनियर अध्ययन संस्थान पुल्चोक क्याम्पस इलेक्ट्रिकल विभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी, पशुपति विकास कोषका कानुनी सल्लाहकार तथा मूल्यांकन समिति सदस्य लैनबहादुर थापाविरुद्ध जनही १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना तथा हिनामिना भएको रकम असुलउपरको मागदाबी लिइएको छ ।
पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो समयमा निलम्बनमा परेपछि सदस्य सचिव भएका खत्रीले ठेकेदारलाई करिब २ करोड भुक्तानी दिएका थिए ।































प्रतिक्रिया