युभेन्टसले वायदाद एसीलाई हरायाे

युभेन्टसले वायदाद एसीलाई हरायाे

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । इटालियन क्लब युभेन्टसले फिफा क्लब विश्वकपमा जित दर्ता गरेकाे छ । समूहचरणकाे खेलमा युभेन्टसले वायदाद एसीलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको हाे ।

खेलको सुरुवातदेखि नै युभेन्टसले दबाब कायम राखेको थियो। खेलको छैटौं मिनेटमा नै युभेन्टसले अग्रता लियो। वायदाद एसीका अब्देलमुनाइम बुटाउलले आत्मघाती गोल गर्न पुगेपछि युभेन्टसले १-० को अग्रता लियो। १६ औं मिनेटमा केनान यिल्डिजले अग्रता दाेब्बर पारे ।

२५औं मिनेटमा वायदाद एसीका थेम्बिनकोसी लोर्चले गोल गरे । फेरि दोस्रो हाफमा यिल्डिजले ६९ औं मिनेटमा गरी दुई गोल गर्दै युभेन्टसलाई ३-१ को अग्रता दिलाए।
खेलको इन्जुरीमा डुसान भ्लाहोभिचले पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसलाई ४-१ को शानदार जित दिलाए।

Skip This
Skip This
Logo