काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई दुई लाख धरौटी मागेको हो । उनले धरौटी बुझाए पनि छुटेकी भने छैनन्।
उनलाई सम्पत्ति शुद्धीकरण विभागमा पनि पठाइएको छ । सिआइबीले उनलाई गत शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो।





























प्रतिक्रिया