अभिनेता अनमोल केसीविरुद्ध मुद्दा दर्ता, विवाद के ?

अभिनेता अनमोल केसीविरुद्ध मुद्दा दर्ता, विवाद के ?

केन्द्रबिन्दु
102
Shares

काठमाडौं । चर्चित अभिनेता अनमोल केसी र उनको पछिल्लो फिल्म ‘फर्की फर्की’को टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग भएको भन्दै यो कानूनी कदम चालेका हुन् । नरेन्द्रबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा उल्लेख गरिएअनुसार, फिल्म ‘फर्की फर्की’मा उनको व्यक्तिगत मोबाइल नम्बर बिना अनुमति प्रयोग गरिएको छ ।

आफ्नो नम्बरको दुरुपयोगले उनलाई मानसिक र शारीरिक रूपमा हानि पुगेको दाबी गरिएको छ । उनले वारेसमार्फत असार ७ गते (सोमबार) काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

रिट निवेदनमा अभिनेता अनमोल केसीसहित फिल्मका निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी र चलचित्र जाँच समितिलाई विपक्षी बनाइएको छ । यी सबैलाई कानूनबमोजिम कारबाही गर्नुपर्ने माग नरेन्द्रबहादुर श्रेष्ठले गरेका छन् ।

Logo