कैलाश मानसरोवर गएका विदेशी नागरिकको मृत्यु

कैलाश मानसरोवर गएका विदेशी नागरिकको मृत्यु

केन्द्रबिन्दु
18
Shares

रसुवा । कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । यही असार ७ गते चीनको भूभागमा उनको मृत्यु भएको थियो ।

मृतक सिंहको शव केरूङदेखि स्याफ्रुबेँसी हुँदै हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

Logo