एनपीएल सिजन २ का लागि चितवन राइनोजद्वारा कप्तान मल्लसहित ६ खेलाडी रिटेन

एनपीएल सिजन २ का लागि चितवन राइनोजद्वारा कप्तान मल्लसहित ६ खेलाडी रिटेन

केन्द्रबिन्दु
51
Shares

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली चितवन राइनोजले दोस्रो संस्करणका लागि ६ जना खेलाडीलाई रिटेन गरेको छ ।

चितवनले टोलीका कप्तान कुशल मल्लसहित रिजन ढकाल, दीपक बोहरा, अमरसिंह रौटेला, कमलसिंह ऐरी र गौतम केसीलाई रिटेन गरेको हो ।

यस्तै, चितवनले शरद भेषवाकर, दिपेश श्रेष्ठ, विपिन रावल, सन्तोष कार्की, रञ्जीत कुमार र सलाहुद्दीन खानलाई रिलिज गरेको छ ।

Skip This
Skip This
Logo