काठमाडौं । आयाेजक क्लब इन्टर मियामी फिफा क्लब विश्वकप २०२५ को नकआउट चरणमा प्रवेश गरेकाे छ । ब्राजिलियन महारथी पाल्मेराससँग २-२ को बराबरीमा रोकिएपनि मियामी अन्तिम १६ मा पुगेकाे हाे । पाल्मेरासले पनि स्थान पक्का गरेकाे छ ।
लस एन्जलसमा भएको यस निर्णायक खेलमा इन्टर मियामीले सुरुवाती अग्रता लिए पनि पाल्मेरासले अन्तिम मिनेटमा शानदार पुनरागमन गर्दै बराबरी गर्न सफल भयो।
खेलको १६ औं मिनेटमा टाडेओ एलेन्डेले गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाए। त्यसपछि, ६५औं मिनेटमा स्टार स्ट्राइकर लुईस सुआरेजले गोल गर्दै इन्टर मियामीको अग्रतालाई दोब्बर पार्दै २-० को बलियो स्थितिमा पुर्याएका थिए।
तर, पाल्मेरासले हार मानेन। खेलको ८० औं मिनेटमा पाउलिन्होले गोल गर्दै पाल्मेरासलाई खेलमा फर्काउने संकेत गरे । त्यसलगत्तै ८७ औं मिनेटमा माउरिसियोले अर्को महत्वपूर्ण गोल गर्दै पाल्मेरासलाई २-२ को बराबरीमा पुर्याए।































प्रतिक्रिया