नेपालले जापानलाई ९ विकेटले हरायो

नेपालले जापानलाई ९ विकेटले हरायो

केन्द्रबिन्दु
192
Shares

काठमाडौं । नेपालले एसीसी पुरुष यु–१६ इस्ट जोन क्रिकेट प्रतोयोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । मलेसियास्थित कोजल टुन्कु जाफर ओभलमा आज भएको खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो ।

८१ रनको झिनो लक्ष्य नेपालले एक विकेटको क्षतिमा १४.२ ओभरमा पूरा गर्यो । नेपालको सहज जितमा शिवान्स बजगाईंले सर्वाधिक नटआउट ३८ रन तथा प्रसिद्ध जैशीले ३३ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको जापानले ३४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८० रनको योगफल बनाएको थियो । जापानका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । त्यस्तै गबी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालक लागि शुभम खनालले पाँच विकेट लिए भने अभय यादवले दुई तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए ।

यसअघि नेपालले पहिलो खेलमा सिङ्गापुरलाई छ विकेटले हराएको थियो ।

एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित उक्त प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

Logo