रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु -अध्यक्ष प्रचण्ड

रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु -अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफू लागिरहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले भने,‘यसमा म रास्वपालाई धेरै केही भन्न चाहन्नँ । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति हामीले अन्तिम समयसम्म प्रयास गरेको हौं । अझै गरिराखेको छु । रास्वपाको साथीहरुले एकदिन सबै कुरा बुझ्नुहुन्छ ।’

उनले समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताए ।

Logo