डोटी । डोटीमा एक ७४ वर्षीया वृद्धा बलात्कृत भएकी छन्। बड्डीकेदार गाउँपालिका ३ की ७४ वर्षीया वृद्धा छिमेकी गाउँ जाने क्रममा बलात्कृत भएकी हुन् । "/>

जब ७४ वर्षीया बृद्धा बलात्कृत हुँदा चिच्याएको आवाज गाउँलेले सुने

जब ७४ वर्षीया बृद्धा बलात्कृत हुँदा चिच्याएको आवाज गाउँलेले सुने

केन्द्रबिन्दु
0
Shares

डोटी । डोटीमा एक ७४ वर्षीया वृद्धा बलात्कृत भएकी छन्। बड्डीकेदार गाउँपालिका ३ की ७४ वर्षीया वृद्धा छिमेकी गाउँ जाने क्रममा बलात्कृत भएकी हुन् ।

बलात्कार गरेको आरोपमा बोगटान गाउँपालिका १ सिमचौर घर भएका २२ वर्षीय एकेन्द्र धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुव बिष्टले जानकारी दिए ।

घटना ज्येष्ठ नागरिक दिवसकै दिन भएको थियो। पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिर्इ प्रहरीलाई बुझाएका थिए । उनी बिरुद्ध जबरजस्तीकरणी सम्बन्धी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक बिष्टले बताए ।

 

Logo