काठमाडौं । रौतहटमा शौचालयको सेप्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ।
चन्द्रपुर नगरपालिका -१० निबुवाटोल निवासी गरिमा साहका छोरा दुई वर्षीय रञ्जे साह र जगदीश साहकी छोरी दुई वर्षीया खुश्बु साहको सेप्टिक ट्यांकीमा खसेर मृत्यु भएको हो ।
मंगलबार साँझ उनीहरू खेल्ने क्रममा हृदय पासवानको शौचालयको सेप्टिक ट्यांकीमा खसेका हुन्। उद्धार गरेर उनीहरूलाई चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लगिएको थियो। उपचारको क्रममा गएराति नै उनीहरुको मृत्यु भएको हो ।































प्रतिक्रिया