एजेन्सी । यतिबेला पाकिस्तान विश्वभर नै लज्जित भईरहेको छ । त्यसको कारण हो, पाकिस्तानी एक सचिवले विदेशी पाहुनाको पर्स चोरिरहेको भिडियो । "/>

जब पाकिस्तानका एक सचिवले नै पाहुनाको पर्स चोरे

जब पाकिस्तानका एक सचिवले नै पाहुनाको पर्स चोरे

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । यतिबेला पाकिस्तान विश्वभर नै लज्जित भईरहेको छ । त्यसको कारण हो, पाकिस्तानी एक सचिवले विदेशी पाहुनाको पर्स चोरिरहेको भिडियो । आधिकारिक सरकारी कार्यक्रमका दौरान कुवेती प्रतिनिधीमण्डलका एक सदस्यको पर्स चोरिरहेको भिडियो सार्वजनिक भएपछि एक सचिव अनुसन्धानमा तानिएका छन् ।

चोरीका आरोपी जरार हैदर खान भनेर मुलधारको पत्रिका र सामाजिक सञ्जालमा भाइरल गरिएको तस्विर भने अर्कै व्यक्तिको भएको खुलासा भएको छ । उक्त तस्विर अमेरिका निवासी निर्दोष व्यक्तिको भएको बताइएको छ ।

सूचनामन्त्री फवाद चौधरीले हैदर पाकिस्तानको उद्योग तथा उत्पादन मन्त्रालयका एक सह–सचिव भएको जानकारी दिँदै कुवेती कुटनीतिज्ञको पर्स चोरी मामिलामा अनुसन्धान भइरहेको बताए । उनलाई हाललाई निलम्बित गरिएको छ ।

 

Logo