काठमाडौं । काठमाडौंको टोखामा विष्णुमति खोलाको बाढीमा कारसहित बगेकी एक महिलाको सकुशल उद्धार भएको छ ।
ग्राण्डी हस्पिटल नजिकबाट खोलाले बगाएको बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको ईभी कारभित्र रहेकी दाङ तुलसीपुर घर भई हाल टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई बानियाटार पुल नजिकबाट नेपाल प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका हुन् ।
उक्त कार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१ घर भई हाल काठमाडौंको धुम्बाराही बस्ने ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए । उनी तत्काल गाडीबाट खोला किनारामा हाम फालेका थिए ।































प्रतिक्रिया