विपद् व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि २५ लाखका सामग्री वितरण

विपद् व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि २५ लाखका सामग्री वितरण

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको १० नम्बर वडा कार्यालयले नेपाल प्रहरी, वडा भित्रकै विभिन्न विद्यालय र स्थानिय समुदायहरुलाई करीब २५ लाख रुपैयाँ बराबरका विपद व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि आवश्यक सामग्री वितरण गरेको छ ।

बुधबार वडामा आयोजना गरिएको सार्वजनिक सुनुवाई तथा योजना तर्जुमा छलफल कार्यक्रमका अवसरमा उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

वडा कार्यालयले महानगरीय प्रहरी वृत्त बानेश्वरलाई लाइफ ज्याकेट, स्टेचर, सेफ्टी बुट, सेफ्टी ग्लोब्स, फायर रेसिस्टेन्स ज्याकेट, हेल्मेटलगायत सामान प्रदान गरेको छ । साथै, रत्नराज्य माध्यमिक विद्यालय र रुद्रमती आधारभूत विद्यालय सहित ३ वटा सामुदायिक विद्यालयहरुलाई स्मार्ट बोर्ड, प्रोजेक्टर, स्पिकर, प्रिन्टर प्रदान गरिएको छ ।

वडा कार्यालयले पूजा प्रतिष्ठान, थापागाउँ विकास समिति र अग्रज समाज नेपाललाई हार्मोनियम, तबला, मादल, बाँसुरी, झ्याली, खैँजडी, मुजुरा प्रदान गरेको जनाएको छ । वुद्धनगर विकास समितिलाई प्लाष्टिकका कुर्सीहरु, कार्यालय कुर्सी, टेबुल प्रदान गरिएको छ । यस्तै पञ्चकुमारी श्रद्धा प्रतिष्ठानलाई योगा म्याट, छक्कुबक्कु भगवती मन्दिरलाई स्पिकर र माइक तथा आर्य समाज नेपाल र बानेश्वर महादेव संरक्षण तथा विकास समितिलाई आउटडोर साउण्ड सिस्टम सेट प्रदान गरिएको छ ।

Logo