काठमाडौँ

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले नेपालको अखण्डता कायम गरिरहन संघीयता खारेज गर्नुपर्ने बताएका छन् । "/>

सबैभन्दा पहिले प्रदेश खारेज गरौँ, त्यसपछि संघीयता : चित्रबहादुर केसी

सबैभन्दा पहिले प्रदेश खारेज गरौँ, त्यसपछि संघीयता : चित्रबहादुर केसी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले नेपालको अखण्डता कायम गरिरहन संघीयता खारेज गर्नुपर्ने बताएका छन् । उनले नेपालले संघीयता थेग्नै नसक्ने बताए ।

अध्यक्ष केसीले विश्वका १७० भन्दा धेरै देशमा अहिले पनि एकात्मक शासन रहेको बताउँदै नेपालमा सबैभन्दा पहिले अनावाश्यक रहेको प्रादेशिक संरचना खारेज गरिनु पर्ने बताए । ‘देश संघीयतामा गएको केही वर्षमै प्रादेशिक संरचना भालुको कन्पट भएको छ’, केसीले भने, ‘सात प्रदेशका सांसद र मन्त्रीसहित साँढे तीन सय भन्दा धेरैलाई देशले कसरी पाल्न सक्छ ? त्यसमा आउने अर्बौँ खर्च कहाँबाट जुटाउने ? स्रोत के खोज्ने ? प्रादेशिक संरचना विघटन नगर्ने हो भने नेपाल चल्दैन ।’

नेपाल जस्तो भौगोलिक रुपमा सानो देशलाई चाहिँदै नचाहिएको प्रदेशमा खर्च बढ्नु स्वभाविक भन्दै उनले केन्द्र र स्थानीयतह सहितको संरचना नै नेपालका लागि पर्याप्त हुने बताए ।

‘देशको विकास त गाउँपालिका र नगरपालिकाले विकास गरिजान्छन् नि’, उनले भने, ‘प्रदेशका साँढे तीन सय सांसद र मन्त्रीहरुको कुनै काम छैन । संघीय संरचना अनुसारको प्रदेश तत्काल खारेज गरेर त्यसको अधिकार स्थानीय तहलाई दिए हुन्छ ।’

प्रदेश अव्यवहारिक भएकैले देशले पनि अस्वभाविक आर्थिक भार थेग्नै नसक्ने उनको भनाइ थियो । ‘नेपालमा संघीयता सफल बनाउने भनेको देशलाई सुडान र नाइजेरिया बनाउने हो’, उनले भने, ‘संघीयता रहिरहे नेपाल सुडान जसरी टुक्रिन्छ, युगोस्लाभिया जसरी नक्साबाटै हराउन पनि सक्छ ।’
अन्नपूर्णबाट

Logo