काठमाडौं । एलजी नेपालले आफ्नो बहुप्रतीक्षित विश्वव्यापी अभियान “एफेक्सिनेट इन्टेलिजेन्स”लाई नेपालमा विशेष प्रदर्शनीमार्फत प्रस्तुत गर्ने भएको छ । सिंगापुर र मलेसियामा सफलतापूर्वक सम्पन्न भइसकेको यो अभियानले अब नेपालमा पनि प्रविधि र मानवबीचको भावनात्मक सम्बन्धको नयाँ युगको सुरुवात गर्नेछ।
यो दुई दिने विशेष प्रदर्शनी कार्यक्रम असार १३ गते डिलरहरूका लागि र असार १४ गते सर्वसाधारणका लागि आयोजना हुनेछ । कार्यक्रममा सहभागीहरूले एलजीको नयाँ पुस्ताको एआई प्रविधिहरू प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन्। यी प्रविधिहरूले केवल सेवा प्रदान गर्ने मात्र नभई, प्रयोगकर्ताको आवश्यकता र भावनालाई बुझेर हेरचाह गर्ने लक्ष्य राख्दछन्।
याे केवल उत्पादनहरूको प्रदर्शन मात्र नभएर, प्रविधि र मानवबीचको सम्बन्धमा क्रान्तिकारी परिवर्तन ल्याउने एलजीको दूरदृष्टि हो । यसले उत्तरदायित्व, सम्बन्ध र विश्वासलाई केन्द्रमा राख्दै प्रयोगकर्तामैत्री भविष्यको यात्रा प्रस्तुत गर्दछ।
नेपाली बजारमा ४ दशक लामो सफल यात्रालाई सम्मान गर्दै, एलजी र चौधरी ग्रुपको साझेदारीमा आयोजित यो कार्यक्रम एक ऐतिहासिक उपलब्धि हुनेछ ।
चौधरी ग्रुपका मार्केटिङ प्रमुख गौरव हमालले यस अवसरमा खुसी व्यक्त गर्दै भने, “यो हाम्रो लागि निकै गर्वको क्षण हो। एलजीसँग हाम्रो सहकार्य गोल्ड स्टारको समयमा सुरु भएको हो। दशकौँसम्म फैलिएको हाम्रो सम्बन्धले नेपाली घर-घरमा विश्वस्तरीय प्रविधि भित्र्याएको छ। अब ‘एफेक्सिनेट इन्टेलिजेन्स’ मार्फत हामी त्यस्तो भविष्यमा पाइला टेक्दैछौँ, जहाँ प्रविधि अझ मानवीय, अझ बौद्धिक र अझ प्रभावकारी बन्नेछ।”
एलजी र चौधरी ग्रुपबीचको यो बलियो सम्बन्धले विश्वास, नवप्रवर्तन र प्रयोगकर्तामैत्री डिजाइनको आधारमा नेपालको इलेक्ट्रोनिक्स बजारमा नेतृत्व कायम गर्दै आएको छ।































प्रतिक्रिया