वीरगन्ज । वाचा अनुसार प्रेमीले बिहे नगरेपछि प्रेमीकाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् । आफ्नै प्रेमिकाले बलात्कारको आरोप लगाउँदै उजुरी दिएपछि आरोपित प्रेमी फरार छन् । "/>

बिहेको बाचा पुरा नगरेपछि प्रेमीमाथि बलात्कार आरोप

बिहेको बाचा पुरा नगरेपछि प्रेमीमाथि बलात्कार आरोप

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज । वाचा अनुसार प्रेमीले बिहे नगरेपछि प्रेमीकाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् । आफ्नै प्रेमिकाले बलात्कारको आरोप लगाउँदै उजुरी दिएपछि आरोपित प्रेमी फरार छन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२० बेल्वाकी १८ वर्षीया किशोरी र वीरगञ्ज महानगरपालिका–२० का २१ वर्षीय युवाबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । दुवैले आपसी सहमतिमा पटक पटक शारीरिक सम्बन्धसमेत राखेको खुलेको छ ।

प्रेम सम्बन्धमा रहेका दुवैले बिहे गर्ने बाचा एकआपसमा गरेका थिए । तर केटाका अभिभावक उनीहरुको बिहेको पक्षमा थिएनन् । अभिभावकले बिहेको मञ्जुरी नदिए पनि केटाले प्रेमिकालाई बिहे आश्वासन दिँदै आएका थिए ।

बिहेकै लागि नै भनेर प्रेमीले प्रेमिकालाई गत शनिवार सिमरास्थित ठुलीआमाको घरमा लिएर गएका थिए । तर ठुलीआमाको घरमा पुगेपछि अचानक प्रेमीले बिहे गर्न नसक्ने बताएपछि आक्रोशित प्रेमिकाले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर प्रेमीले बलात्कार गरेको भन्दै उजुरी दिएकी हुन् ।

उजुरीमा उनले प्रेमीले आफुलाई विभिन्न प्रलोभन दिएर पटक पटक जबरस्ती करणी गरेको बताएकी छन् । उनले आफूमाथि यही शनिवार पनि बलात्कार भएको उल्लेख गरेकी छन् ।

Logo