सप्तरी । भैंसीले दूध नदिएको झोँकमा 'बोक्सी लागेको' भन्दै सप्तरीमा एक महिलामाथि कुटपिट गरिएको छ । सप्तरीको बोदेबरसाइन नगरपालिका ८ काचनकी २५ वर्षीया रन्जुदेवी साहलाई छिमेकीले नै बोक्सी लागेको भन्दै कुटपिट गरेका हुन् । "/>

भैंसीले दूध नदिँदा ‘बोक्सी लागेको’ भन्दै महिलामाथि कुटपिट

भैंसीले दूध नदिँदा ‘बोक्सी लागेको’ भन्दै महिलामाथि कुटपिट

केन्द्रबिन्दु
0
Shares

सप्तरी । भैंसीले दूध नदिएको झोँकमा ‘बोक्सी लागेको’ भन्दै सप्तरीमा एक महिलामाथि कुटपिट गरिएको छ । सप्तरीको बोदेबरसाइन नगरपालिका ८ काचनकी २५ वर्षीया रन्जुदेवी साहलाई छिमेकीले नै बोक्सी लागेको भन्दै कुटपिट गरेका हुन् ।

कुटपिटका कारण शरीरका विभिन्न भागमा चोट लागेर थलिएकी साहको तीन दिनदेखि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ। भैंसीले दूध नदिएपछि छिमेकी जामुन र गोकुल यादवले ‘तैंले नै टुनामुना गरिस्’ भन्दै आफूमाथि कुटपिट गरेको रन्जुको भनाइ छ । टर्च लाइट र लाठीले निर्घात कुटपिट गरेको उनी बताउँछिन् । घटनाबारे उनले इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा उजुरी दिएकी छन् ।

 

Skip This
Skip This
Logo