नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

केन्द्रबिन्दु
6
Shares

टक्सार (भोजपुर) । अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका छैनन् । उनीहरुको खोजी कार्य भने जारी राखिएको छ ।

हतुवागढी गाउँपालिका–९, मचुवाटारका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई अरुण नदीमा बेपत्ता भएका हुन । बुधबार दिउँसो नुहाउन भनेर नदीमा गएका उनीहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दुवै जना कक्षा ८ का बिद्यार्थी हुन् ।

आफ्ना छोरीहरु बेलुकासम्म घर नआएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए ।

आफन्तले खबर गरेसँगै बालिकाहरुको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । नदीमा पानी सतह बढेको जानकारी आए पनि खोजी कार्य तीव्र पारिएको र अहिलेसम्म उनीहरुलाई फेला पर्न नसकिएको डिएसपी तिमिल्सिनाले बताए । खोजीका लागि धनकुटा, सुनसरी र सप्तरी प्रहरीसँग समन्वय गरिएको छ ।

Logo