युभेन्टसमाथि म्यानचेस्टर सिटीको शानदार जित

युभेन्टसमाथि म्यानचेस्टर सिटीको शानदार जित

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकपमा इटालियन क्लब युभेन्टसमाथि सहज जित दर्ता गरेकाे छ । आज बिहान सम्पन्न समूह ‘जी’ को अन्तिम खेलमा सिटीले युभेन्टसलाई ५-२ गोल अन्तरले पराजित गरेको हाे ।

खेलको नवौं मिनेटमै जेरेमी डोकुले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि नै युभेन्टसका लागि टिउन कुपमाइनर्सले ११ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। तर, २६ औं मिनेटमा पियरे कालुलुले आत्मघाती गोल गरेपछि सिटीले पुनः अग्रता लियो।

दोस्रो हाफमा सिटीले आफ्नो दबदबा कायम राख्यो। एर्लिङ हालान्डले ५२ औं मिनेटमा, फिल फोडेनले ६९ औं मिनेटमा र साभिन्होले ७५ औं मिनेटमा गोल गर्दै म्यानचेस्टर सिटीका लागि ५ गोल गरे । युभेन्टसका लागि खेलको अन्तिम समयमा ८४ औं मिनेटमा डुसान भ्लाहोभिकले एक सान्त्वना गोल फर्काएका थिए।

यस जितसँगै म्यानचेस्टर सिटी समूह विजेता बनेर नकआउट चरणमा पुगेकाे छ भने युभेन्टस उपविजेता बनेकाे छ ।

Logo