एजेन्सी । भारतमा प्रेमिकासँग च्याट नगर्न भनेपछि एक श्रीमानले आत्महत्या गरेका छन् । श्रीमतीले प्रेमिकासँग च्याट गर्नबाट रोकेपछि भारतको सिकन्दराबादको मारेडपल्लीका शिवकुमारले आत्महत्या गरेका हुन् ।
शिवकुमार आफ्नी बचपनकी साथी १९ वर्षीया वेनेलासँग च्याट गरिरहेका थिए। श्रीमतीले प्रेमिकासँग च्याट नगर्न भनेपछि आवेशमा आएका शिवकुमारले झुन्डिएर आत्महत्या गरेका हुन्। आत्महत्या गरेको खबर पाएपछि विक्षिप्त भएकी पूर्व प्रेमिका वेनेलाले पनि एसिड पिएर आत्महत्या गरेकी छन्।
शिवकुमार र उनकी श्रीमतीबीच च्याटबारे पटकपटक झगडा हुने गरेको थियो। विवाह पछि पनि शिवकुमार पूर्वप्रेमिकासँग नियमित सम्पर्कमा थिए । श्रीमानको बानीबाट आजिद भएकी श्रीमतीले पूर्व प्रेमिकाबाट छुट्याउन कयौं प्रयास गर्थिन्।
शिवकुमारलाई उनकी पत्नीले छिमेकीको घरमा लगेर सम्झाइ दिन अनुरोध गरेकी थिइन्। केही दिन अघि मात्र उनीहरुबीच च्याटकै बारेमा झगडा भएको थियो । श्रीमतीले च्याटबारे परिवारमा बताइदिने धम्की समेत दिएकी थिइन् ।





























प्रतिक्रिया