काठमाडौं । यु-१९ एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । आफ्नो दोस्रो खेलमा पराजित भएको नेपाल समूह चरणबाटै बाहिरिएको हो । "/>

यु-१९ एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरियो

यु-१९ एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यु-१९ एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । आफ्नो दोस्रो खेलमा पराजित भएको नेपाल समूह चरणबाटै बाहिरिएको हो । पहिलो खेलमा भारतसँग १ सय ७१ रनले पराजित भएको नेपाल आज अफगानिस्तानसँग तीन विकेटले पराजित भएको हो ।

समूह ए मा रहेको नेपालले अन्तिम खेल युएईसँग खेल्न बाँकी नै रहँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो । भारत र अफगानिस्तान दुबै खेलमा विजयी भएपछि नेपाललाई धक्का लागेको हो ।

नेपालले दिएको १ सय ३२ रनको लक्ष्य अफगानिस्तानले ३७ ओभर ३ बलमा ७ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । अफगानिस्तानका लागि रहमान उल्लाह गुर्बाजले २६, अजमत उल्लाह ओमर्जाईले २३, आरिफ खानले अविजित २३ रन बनाए । ऐजाज अहमदले १६ रन बनाएका थिए ।

बलिङतर्फ नेपालका सुर्य तामाङले ४ विकेट लिए । यअसघि बंगलादेशमा टस जितेर ब्याटिङ रोजेको नेपालले ३८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ३१ रन मात्र बनाएको थियो ।

Skip This
Skip This
Logo