काठमाडाैं । जोश हेजलवुडको उत्कृष्ट प्रदर्शनको मद्दतमा अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको पहिलाे टेस्ट खेलमा सानदार जित दर्ता गरेकेा छ ।
बारबाडोसमा भएको खेलमा वेस्ट इन्डिजको दोस्रो इनिङ्समा सबै १० विकेट अन्तिम सत्रमा गुमाउँदै तेस्रो दिनमै अष्ट्रेलियाले १५९ रनकाे जित सुनिश्चित गरेको हो।
अष्ट्रेलियाले १८० र ३१० रन बनाएको थियो भने वेस्ट इन्डिज १९० र १४१ रनमा अलआउट भएको थियो । अष्ट्रेलियाका तर्फबाट एलेक्स केरीले ६५, बिउ वेबस्टरले ६३ र ट्राभिस हेडले ६१ रनको योगदान दिएका थिए।
वेस्ट इन्डिजका शमार जोसेफले ५ विकेट लिएर उत्कृष्ट बलिङ प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन सकेनन्।
वेस्ट इन्डिजले ३०१ रनको लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुवात गरे पनि हेजलवुडको घातक बलिङले उनीहरुलाई ५६/५ को कमजोर स्थितिमा पुर्यायो । हेजलवुडले ५/४३ को उत्कृष्ट प्रदर्शन गर्दै वेस्ट इन्डिजको ब्याटिङ लाइनअपलाई ध्वस्त पारे। उनले रोस्टन चेस, केसी कार्टी लगायतका महत्वपूर्ण ब्याट्सम्यानलाई आउट गरेका थिए।
यस खेलमा अष्ट्रेलियाका ट्राभिस हेडले दुवै इनिङ्समा अर्धशतक बनाएर प्लेयर अफ द म्याचको अवार्ड जिते। अष्ट्रेलियाले यो जितसँगै तीन खेलको टेस्ट सिरिजमा १-० को अग्रता बनाएको छ। सिरिजको दोस्रो खेल जुलाई ३ बाट सेन्ट जर्जमा सुरु हुनेछ।





























प्रतिक्रिया