‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ एलिना र समीक्षाकाे प्रधानमन्त्रीले गरे प्रशंसा

‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ एलिना र समीक्षाकाे प्रधानमन्त्रीले गरे प्रशंसा

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले समाजमा बढ्दै गएको परपिडक प्रवृत्तिविरुद्ध चालेको कदमको खुलेर प्रशंसा गरेका छन् ।

आफू राम्रो देखिनका लागि अरूलाई गाली गर्ने, हरेक कुराको विरोध गर्ने र सराप्ने जस्ता नकारात्मक प्रवृत्तिबाट समाजलाई जोगाउनुपर्नेमा उनकाे जोड छ।

प्रधानमन्त्री ओलीले गायिकाद्वयको ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ तरिकालाई समाजलाई उत्तेजनाले गलत बाटोतर्फ डोर्‍याउनबाट रोकेर विवेकतर्फ फर्काउने सही पहलका रूपमा लिएका छन् । “समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन,” उनले भने ।

उनले समाजमा सकारात्मक परिवर्तनका लागि काम गर्ने जो कोहीलाई पनि प्रोत्साहन गर्नुपर्ने र गाली गलौजको संस्कृतिलाई निरुत्साहित गर्नुपर्ने बताए ।

एलिना र समीक्षा उदीयमान दुई गायिका हुन् । आफूहरुमाथि चरित्रहत्या र बदनामी प्रयास अति भएपछि हाल उनीहरुले सामाजिक सञ्जालमा दुर्व्यवहारविरुद्ध बोल्न थालेका छन् । उनीहरूको यो कदम अभियानकै रूपमा चलिरहेको छ । फिल्मकर्मी र कलाकारको पनि उनीहरुलाई साथ रहेको छ ।

Skip This
Skip This
Logo