जापानमा भिजिट भिसाका नाममा अर्बौं लुटियो, कारवाही भएन्: सभापति खतिवडा

जापानमा भिजिट भिसाका नाममा अर्बौं लुटियो, कारवाही भएन्: सभापति खतिवडा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्स नामक ट्राभल्स एजेन्सीले जापानमा भिजिट भिसाका नाममा मान्छे पठाएर अर्बौ रकम लुटिरहेको बताएका छन्  ।

शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदप्रति लक्षित गर्दै उनले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएवापतको पैसाले संसदमा प्रतिनिधित्व गरेको आरोप लगाए । यसमा निष्पक्ष छानबिन गरी कारबाहीको दायरा अघि बढाउन उनले माग गरे ।

बैठकमा बोल्दै उनले संसदमा सभामुखले आफ्ना कुरा राख्ने र अरु माननीय सदस्यहरुले कुरा राख्दा नाराबाजी गरिने भएकाले त्यसबारे कदम चाल्न आग्रह गरे । उनले मौसम परिर्वतनका कारण कतिपय बाटोघाटोहरु अस्तव्यस्त भएको हुँदा ७७ वटै जिल्लाले विपत्तको तयारि गर्न गृहमन्त्रालय सँग समन्वय गर्नुपर्ने बताए ।

Logo