पाल्मेइरास क्लब विश्वकपकाे अन्तिम ८ मा, बोताफोगो बाहिरियो

पाल्मेइरास क्लब विश्वकपकाे अन्तिम ८ मा, बोताफोगो बाहिरियो

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । ब्राजिलियन क्लब पाल्मेइरासले फिफा क्लब विश्वकपकाे क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। राउन्ड अफ १६ को रोमाञ्चक खेलमा पाल्मेइरासले बोताफोगोलाई १-० गोलअन्तरले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेको हाे ।

निकै प्रतिस्पर्धात्मक बनेको यो खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट कुनै गोल हुन सकेन, जसकारण खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको १००औँ मिनेटमा पाल्मेइरासका पाउलिन्होले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।

यद्यपि, जित नजिक पुगेको पाल्मेइरासका लागि ११६औँ मिनेटमा गुस्ताभो गोमेजले रातो कार्ड खाँदै मैदान छाडेपछि अन्तिम केही मिनेट १० खेलाडीमा सीमित भएर खेल्नुपरेको थियो। तर, बोताफोगोले त्यसको फाइदा उठाउन सकेन र पाल्मेइरासले १-० को साँघुरो जित निकाल्न सफल भयो।

यता अर्काे ब्राजिलियन क्लब बोताफोगो क्लब विश्वकपबाट बाहिरिएको छ।

Logo