माधव नेपालमाथि सूर्य थापाको कटाक्ष- ‘मुद्दा खेपिरहँदा पनि पार्टीको नेतृत्व नछाड्नु भयानक स्खलन’

माधव नेपालमाथि सूर्य थापाको कटाक्ष- ‘मुद्दा खेपिरहँदा पनि पार्टीको नेतृत्व नछाड्नु भयानक स्खलन’

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नैतिकता र राजनीतिक आचरणमाथि प्रश्न उठाएका छन्।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा मुद्दा चलिरहेका बेला पनि पदमा टाँसिइरहनुलाई थापाले नैतिकहराम र भयानक स्खलनको संज्ञा दिएका हुन् ।

‘आज उहाँको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ। जब अख्तियारले सार्वजनिक लेखा समितिको सिफारिस र लामो अनुसन्धानपछि मुद्दा नै दायर गरिसक्यो, उहाँले आफ्नो पार्टी र दलको नेतृत्वमा नरहेको घोषणाका साथ कथं अदालतबाट सफाई पाएँ भनें पुन: नेतृत्वमा फिर्ता हुँला भनेर भन्नुहोला भन्ने लागेको थियो। तर आफ्नै स्थायी कमिटी सदस्यले “सिनो” बोकेर हुन्न भनिसक्दा पनि नैतिकताको सामान्य अनुभूति गरेर मुद्दा खेपिरहेका बखत दल र पार्टीको नेतृत्व छाड्ने घोषणा गर्न अनिच्छुक देखिनु भनेको एउटा भयानक स्खलन र पतन नै हो। ’ उनले भनेका छन् ।

साथै नेकपा एसका महासचिव घनश्याम भुसालले समेत भ्रष्टाचार मुद्दा खेपिरहेका नेताहरूलाई राजीनामा दिन बोल्ने र लेख्नेहरूको मुख बन्द गर्न सर्कुलर जारी गरेको विषयलाई पनि थापाले ‘रमिता’ को संज्ञा दिएका छन्।

Skip This
Skip This
Logo