काठमाडौं । प्रतिष्ठित मलेसियाली अटोमेकर प्रोटोनको अग्रणी विद्युतीय सवारी साधन प्रोटोन इमासले हिमालय टेलिभिजनमा विशेष रूपमा प्रसारण हुने नेपालको व्यावसायिक रियालिटी टेलिभिजन कार्यक्रम ‘शार्क ट्याङ्क नेपाल’ सँग आफ्नो प्रायोजन साझेदारीको घोषणा गरेको छ ।
प्रोटोन इमासले साहसी विचार र दिगो व्यावसायिक भिजनका साथ भविष्यलाई आकार दिने दूरदर्शी नेपाली उद्यमीहरूलाई समर्थन गर्नेछ । यो सहकार्यले नवप्रवर्तन र उद्यमशीलतालाई अगाडि बढाउने सामूहिक प्रयासलाई टेवा पुर्याउने विश्वास गरिएको छ । यस साझेदारीले नेपालका भविष्यका उद्यमीहरूलाई थप प्रोत्साहित गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।
नेपालका लागि प्रोटोनका अधिकृत डिलर जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘नवप्रवर्तनमार्फत अगाडि बढाउन प्रतिबद्ध ब्रान्डको रूपमा, प्रोटोन इमास ‘शार्क ट्याङ्क नेपाल’ सँग साझेदारी गर्न पाउँदा उत्साहित छ । यो एक यस्तो प्लेटफर्म हो जसले महत्त्वाकांक्षा, रचनात्मकता र उद्यमशीलताको भावनालाई समर्थन र सहयोग गर्दछ । हामी विश्वास गर्छौं कि यो साझेदारीले ‘क्लीन मोबिलिटी’ प्रति हाम्रो समर्पणलाई मात्र होइन, स्मार्ट, ग्रिनर र थप उद्यमशील नेपालको लागि हाम्रो साझा दृष्टिकोणलाई थप पुष्टि गर्दछ ।’
यो सहकार्यपछि, प्रोटोन इमास ‘शार्क ट्याङ्क नेपाल’ मा यस सिजनभर प्रमुखताका साथ प्रस्तुत हुनेछ । यसले दर्शकहरूलाई प्रोटोन इमासको नवीन ईभी प्रविधि र दिगो उद्देश्यको भित्री झलक दिनेछ ।































प्रतिक्रिया