काठमाडौं । जर्मन बुन्डेसलिगा क्लब डर्टमन्डले अमेरिकामा जारी फिफा क्लब विश्वकप २०२५ काे क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
राउन्ड अफ १६ को रोमाञ्चक भिडन्तमा डर्टमन्डले मेक्सिकन क्लब मोन्टेरेलाई २-१ गोल अन्तरले पराजित गरेकाे हाे ।
डर्टमन्डका लागि फ्रान्सेली स्ट्राइकर सेर्होउ गुइरासी नायक साबित भए । उनले खेलको १४औँ र २४औँ मिनेटमा लगातार दुई गोल गर्दै डर्टमन्डलाई पहिलो हाफमै २-० को आरामदायक अग्रता दिलाएका थिए। तर खेलको ४८औँ मिनेटमा जर्मन बर्तेरामेले एक गोल फर्काए पनि पर्याप्त हुन सकेन ।
यो जितसँगै डर्टमन्डले क्वार्टरफाइनलमा स्पेनिस महारथी रियल म्याड्रिडसँग भेट पक्का गरेकाे छ । रियल पनि आजै भएकाे राउन्ड अफ १६ अन्तर्गतको खेलमा इटालियन क्लब युभेन्टसलाई १-० ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेकाे हाे ।





























प्रतिक्रिया