काठमाडौं । मधेश प्रदेशका कलाकार र सञ्चारकर्मीहरू प्रदेश सरकारबाट सम्मानित भएका छन् ।
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले मधेश प्रदेश घर भई काठमाडौंमा रहेर आफ्नो कर्ममार्फत प्रदेशलाई चिनाउने र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरेकाे हाे ।
सम्मानित हुनेहरूमा प्रिजेन्टेटर एसोसिएसनका अध्यक्ष विवेक खतिवडा, हास्य कलाकार सन्दीप क्षेत्री, नन्दु श्रवास्तव, रविन्द्र झा, विजय वराल, भोजपुरी नायक परदेशी शाह, नायिका पूजा ठाकूर, रंगकर्मी सरिता साह, गायक शिव परियार, कमल खत्री, निर्देशक रमण बस्नेत, सञ्चारकर्मी प्रतिमा चौधरीलगायत छन्। कार्यक्रममा पर्यटनमन्त्री ई. बसन्त कुशवाहले उनीहरुलाई सम्मान गरेका थिए ।

साे अवसरमा पर्यटनमन्त्री कुशवाहले मधेश प्रदेशको सांस्कृतिक र पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्याउने यी व्यक्तित्वहरूको प्रशंसा गरे । उनले भने, “मधेशको गौरव र पहिचानलाई उजागर गर्नुभएकोमा हामी गर्व गर्छौं। तपाईंहरूको यो योगदानले मधेशको पर्यटन र संस्कृतिलाई थप उचाइमा पुर्याउनेछ।”

कार्यक्रममा मधेश प्रदेशको पर्यटन सम्भावनाबारे छलफल पनि भएको थियो।































प्रतिक्रिया