नेपालले श्रीलङ्कालाई ८-० गोलले हरायो, कप्तान सावित्राको ह्याट्रिक

नेपालले श्रीलङ्कालाई ८-० गोलले हरायो, कप्तान सावित्राको ह्याट्रिक

केन्द्रबिन्दु
261
Shares

काठमाडौं । नेपालले एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्कामाथि ८-० गोलअन्तरको फराकिलो जित दर्ता गरेको छ । उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा रङ्गशालामा आज भएको खेलमा नेपालका लागि कप्तान सावित्रा भण्डारीले ह्याट्रिक पूरा गरिन् ।

खेलको सातौँ मिनेटमा नेपालले पहिलो अग्रता लियो । अनिता बस्नेतको कर्नरमा गीताले गोल गरिन् ।

त्यसपछि खेलको खेलको २०औँ मिनेटमा नेपालले आफ्नो अग्रता दोब्बर बनायो । नेपालका लागि साम्बाले गोल गरिन् । खेलको ३६औँ मिनेटमा कप्तान साम्बाले फ्रि–किकमा सिधै गोल गरिन् । तर रेफ्रीले गोल दिएनन् । त्यसपछि खेलको ४२औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन् । खेलको पहिलो हाफको अतिरिक्त समयमा साम्बाले एक गोल थप्दै ह्याट्रिक पूरा गरिन् ।

खेलको ५३औँ मिनेटमा श्रीलङ्काकी सचिना डि सिल्भाले नेपालकी रश्मीकुमारी घिसिङलाई लडाएपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर दिएको थियो । जसमा गीताले पेनाल्टीमा गोल गरिन् ।

खेलको ६२औँ मिनेटमा निशाले हेड गोल गरिन् । खेलको ७८औँ मिनेटमा सब्स्टिच्युट खेलाडी पूजा रानाको क्रसमा अर्की सब्स्टिच्युट फर्वाड रेखाले गोल गरिन् ।

त्यसपछि खेलको ८९औँ मिनेटमा पूजाले एक गोल थपेसँगै नेपालले श्रीलङ्कामाथि ८–० गोलको जित हासिल गर्‍यो । अब नेपालले शनिबार समूह चरणको अन्तिममा घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ ।

नेपालले यसअघि भएको पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो । यता श्रीलङ्का भने पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो अन्तरमा हारेको थियो ।

Logo