काठमाडौं । इंग्लिस क्लब चेल्सीले क्लब विश्वकप २०२५ को सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ । आज भएको क्वाटरफाइनल खेलमा ब्राजिलियन क्लबपाल्मेइरासलाई २-१ गोलले हराउँदै चेल्सी अन्तिम ४ मा प्रवेश गरेको हो ।
खेलको १६ औं मिनेटमा कोल पाल्मरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर, पाल्मेइरासका लागि ५३ औं मिनेटमा एस्टेभाओले बराबरी गोल फर्काए ।
खेलको निर्णायक क्षण ८३ औं मिनेटमा पाल्मेइरासका अगस्टिन जियाको आत्मघाती गोलले चेल्सीलाई पुनः अग्रता दिलायो। पाल्मेइरासले बराबरी फर्काउन भरपुर प्रयास गरे पनि सफल हुन सकेन ।































प्रतिक्रिया