काठमाडाैं । इन्टर मियामीले एमएलएसकाे खेलमा मोन्ट्रियललाई ४-१ गोल अन्तरले पराजित गर्दै शानदार जित हासिल गरेको छ।
खेलको दोस्रो मिनेटमा प्रिन्स ओवुसुले गोल गर्दै मोन्ट्रियललाई अग्रता दिलाएका थिए। तर, इन्टर मियामीले त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै लगातार चार गोल फर्कायो । इन्टर मियामीका लागि तादेओ एलेन्डेले ३३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
त्यसपछि, सुपरस्टार लियोनल मेसीले ४० औं र ६२ औं मिनेटमा दुई गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। त्यसअघि टेलास्को सेगोभियाले ६० औं मिनेटमा अर्को गोल थपेका थिए ।































प्रतिक्रिया