दिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट

दिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट

केन्द्रबिन्दु
0
Shares

भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट भएको छ । भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठकै दिन शुक्रबार साँझ बम विष्फोट भएको हो ।

विष्फोटबाट दूतावासमा भने क्षति पुगेको छैन । तर पार्किङ गरेर राखिएका केही कारका सिसा फुटेकाे प्रहरीले जनाएको छ । भारतका लागि इजरायली राजदूत रोन माल्काले बम विष्फोट गराउनुको उद्देश्य र बम विष्फोट गराउनेको खोजी भारतसँग मिलेर भइरहेको जानकारी दिएका छन् ।

राजधानी नयाँदिल्लीमा बम विष्फोट भएपछि भारतभर सुरक्षा सतर्कता बढाइएको छ । सबै विमानस्थल, महत्वपूर्ण प्रतिष्ठान र सरकारी कार्यालयहरुमा सुरक्षा बढाइएको छ ।

यसअघि सन् २०१२ को फेब्रुअरीमा दिल्लीमा इजरायली कूटनीतिज्ञले प्रयोग गर्ने कारमा बम आक्रमण भएको थियो ।

Logo