‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’: प्रमुख सचेतक बर्तौंला

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’: प्रमुख सचेतक बर्तौंला

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको सरकार कांग्रेस र एमालेबीचको बलियो समझदारीको आधारमा बनेको स्पष्ट पारेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बर्तौंलाले सरकार गठनमा दुई ठूला दलबीच गहिरो सहमति रहेको बताए ।

उनले भने, ‘अहिलेको सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीचको मजबुत समझदारीका आधारमा बनेको हो । कोही छोड्ने, कोही आउने भन्ने त स्वाभाविक राजनीतिक प्रक्रिया नै हो ।’ उनले सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीचको सहकार्य निर्णायक भएको बताए ।

बर्तौंलाले पछिल्लो राजनीतिक घटनाक्रमलाई सामान्य प्रक्रियाको रुपमा लिँदै सरकार स्थिर रहने विश्वास व्यक्त गरे ।

Skip This
Skip This
Logo