काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त तीन जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले आज शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नियुक्त गरेका थिए ।
शपथग्रहणपश्चात आजैदेखि तीन न्यायाधीशले कार्यभार सम्हालेका छन् ।
यसैबीच, प्रधानन्यायाधीश राउतले नवनियुक्त न्याय परिषद् सदस्य महेशकुमार नेपाललाई पनि पद तथा गोपनीयताको शपथग्रहण गराए । परिषद् अध्यक्षको हैसियतले प्रधानन्यायाधीशले न्याय परिषद्का सदस्य नेपाललाई शपथ ग्रहण गराएका हुन् ।





























प्रतिक्रिया